images
images
  • ‘ए डिभिजन लिग’ पहिलो पटक मोफसलमा, मनाङको तीन खेल पोखरामा तय

    काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) ले पहिलो पटक सहिद स्मारक ‘ए डिभिजन लिग’का खेल मोफसलमा लैजाँदै नवौँ चरणसम्मको तालिका सार्वजनिक गरेको छ ।

    सोमबार एन्फाले पोखरामा मनाङ मर्स्याङ्दी क्लबको तीन खेल तय गर्दै नवौँ चरणसम्मको खेल तालिका सार्वजनिक गरेको हो । जारी लिगको चौथो चरण सोमबारबाट सकिँदै छ । एन्फाले सार्वजनिक गरेको तालिकाअनुसार मनाङले पाँचौँ चरणमा नेपाल पुलिससँग ३ पुसमा पोखरा रंगशालामा खेल्नेछ ।

    यस्तै मनाङले ब्रिगेड ब्वाईज क्लब (बीबीसी)सँग ११ पुषमा खेल्नेछ । मनाङले पोखरामा अन्तिम खेल च्यासल युथविरुद्ध २४ पुषमा खेल्नेछ । लिगको सातौं चरणसम्म शीर्षस्थानमा रहने टोलीले एएफसी कप खेल्नेछ ।

    जारी लिगमा १० अंक जोड्दै मछिन्द्र फुटबल क्लब शीर्षस्थानमा छ ।

    6 7 8 round

    प्रतिक्रिया दिनुहोस्
    images
    images