काठमाडौं-२०७४ सालमा नेकपा एमालेको सूर्य चिन्हबाट प्रतिनिधिसभा सदस्यमा विजयी हृदयेश त्रिपाठीले नयाँ पार्टी घोषणा गर्ने भएका छन् ।
त्रिपाठीले मंसिर २८ मा एभरेस्ट होटल, बानेश्वरमा नयाँ राजनीतिक दलको घोषणा गर्न लाग्ने भएको हो । नयाँ पार्टीको नाम जनता प्रगतिशील पार्टी (जप्रपा) राख्ने तय भएको छ ।
त्रिपाठीले पार्टीको नेतृत्वबारे केही खुलाएका छन् । एमालेको सूर्य चिन्हबाट विजयी भए पनि ‘स्वतन्त्र राजनीतिक समूह’ बाट गतिविधि गर्दै आएका त्रिपाठीले चार वर्षपछि नयाँ राजनीतिक दल घोषणा गर्ने तयारी गरेको हो ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















