images
images
  • प्रधानन्यायाधीश जबरालाई कोरोना संक्रमण, एपिएफ अस्पताल भर्ना

    काठमाडौं-प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई कोरोना संक्रमण भएको छ।

    आफन्तलाई कोरोना देखिएपछि उनी कन्ट्रयाक्ट ट्रेसिङमा परेका थिए । सोमबार दिउँसो गरिएको परीक्षणमा उनलाई कोरोना पुष्टि भएको थियो।

    उनलाई सशस्त्र प्रहरी बल अस्पताल बलम्बुमा भर्ना गरिएको छ। सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार जबरालाई निमोनियासमेत देखिएको छ। प्रधानन्यायाधीश जबराको स्वास्थ्य स्थिर रहेको डा. प्रविण नेपालले जानकारी दिए ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images