images
images
  • बस र माइक्रो एकआपसमा ठोक्किए, ८ यात्रु घाइते

    काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको मुर्गियामा बिहीबार बिहान दुईवटा सवारीसाधन एकआपसमा ठक्कर खाँदा आठ यात्रु घाइते भएका छन् ।

    काठमाडौंदेखि दाङ जाँदै गरेको ना ६ ख २३३१ नम्बरको यात्रुबाहक बस र रुपन्देहीको हरैयाबाट बुटवलतर्फ आउँदै गरेको माइक्रोबस बिहान करिब ६ बजे सैनामैना नगरपालिका(४ मुर्गियामा एकआपसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।

    दुर्घटनामा दुबै सवारीसाधनका चाररचार जना यात्रु घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ । घाइतेको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images