images
images
  • विश्वकप एसिया छनोट : नेपाली महिला टोली आज कुवेतसँग भिड्दै

    काठमाडौँ । नेपाली महिला क्रिकेट टोलीले आज (बिहीबार) कुवेतविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।  आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटको तेस्रो खेलमा बिहान सवा ११ बजे नेपाल र कुवेतबीचको खेल हुनेछ ।

    दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा हुने खेलमा नेपाल जित निकाल्ने योजनामा हुनेछ ।छनोट अन्तर्गत पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित नेपालले दोस्रो खेलमा भुटानलाई ८ विकेटले हराएको थियो ।

    विश्वकपको ग्लोबल छनोटका लागि सम्भावना जिवितै राख्न नेपालले आजको खेल पनि जित्नुपर्ने छ ।प्रतियोगिताको चौथो खेल नेपालले शुक्रबार मलेसियासँग र पाँचौ खेल आइतबार युएईविरुद्ध खेल्ने छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images