images
images
  • पोखराको फेवाताल किनारमा आगलागी, पाँच वटा रेष्टुरेण्ट जलेर नष्ट

    काठमाडौं । पोखराको फेवाताल किनारमा आगलागी भएको छ ।

    आगलागीमा ताल किनारमा रहेका पाँचवटा रेष्टुरेण्ट जलेर नष्ट भएका छन् । रेष्टुरेण्टमा डेढ करोड भन्दा बढी क्षति भएको हुन सक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ ।

    क्षतिको पूर्ण विवरण अझै आउन सकेको छैन् । आगो भने नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ । बिहान ३ बजेदेखि आगो लाग्न सुरु भएको स्थानीयले बताएका छन् ।

    करिब ६ बजे मात्रै आगो नियन्त्रणमा आएको थियो । विद्युत सर्ट भएर आगो लागेको हुन सक्ने अनुमान गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images