काठमाडौं – सर्वोच्चको फुलकोर्ट बैठक सकिएको छ । बैठकले गोलाप्रथाद्वारा सर्वोच्च अदालको मुद्दाको पेसी तोक्ने निर्णय गरेको छ ।
बैठकले गोला प्रथाद्वारा मुद्दाको पेसी तोक्ने नियमावली र निर्देशिका पनि पारित गरेको छ । बैठकका निर्णयलाई प्रधानन्यायाधीश चोरेन्द्रशमशेर राणाले हस्ताक्षार गरेर आजै कानुन मन्त्रालय पठाउने र राजपत्रमा प्रकाशित गर्न तयारी भएको छ ।
अब सर्वोच्चमा गोलाप्रथा लागू हुने
बिहीबार सर्वोच्चमा बसेको फुलकोट बैठकले सर्वोच्च अदालतमा मुद्दाको पेशी तोक्न गोलाप्रथा प्रणाली लागू गर्ने निर्णय गरेको एक न्यायाधीशले जानकारी दिए ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै आन्दोलनमा रहेका न्यायाधीशहरु समेत बिहीबार फुलकोर्ट बैठकमा सहभागी थिए।
बैठकले गोलाप्रथा प्रणालीसँग सम्बन्धित नियमावली र निर्देशिका स्वीकृत गरेको छ। स्वीकृत नियमावली र निर्देशिका कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाउने र राजपत्रमा सूचना प्रकाशित भएपछि न्यायाधीशहरूले मुद्दा हेर्ने समझदारी बनेको बताइएको छ ।प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै आएका न्यायाधीशहरु पनि गोला तानेर मुद्दा हेर्न तयार भएका छन्।


विश्व खबर 



















