images
images
  • ललितपुर महानगरमा आज र भोलि भेरोसेलको दोस्रो मात्रा खोप लगाइँदै

    ललितपुर । ललितपुर महानगरपालिकाले विभिन्न मितिमा कोरोनाविरुद्धको पहिलो मात्र भेरोसेल खोप लगाएकालाई आज (बिहीबार) बाट दोस्रो मात्र खोप लगाउने भएको छ ।

    महानगरपालिकाले दोस्रो मात्राको पर्खाइमा रहेका व्यक्तिहरुका लागि आज र भोलि (बिही र शुक्रबार) भेरोसेल खोपको दोस्रो मात्र लगाउने कार्यक्रम रहेको जनाएको छ । भेरोसेल खोपको पहिलो मात्रा लगाएको २१ दिन पुगेका व्यक्तिले आ–आफ्नो वडामा सम्पर्क गरि खोप लगाउन ललितपुरका प्रमुख प्रशासकिय अधिकृत गणेश अर्यालले बताए ।

    खोप लगाउन जाँदा अनिवार्य रुपमा पहिलो मात्रा खोप लगाएको कार्ड समेत साथमा लिएर जानुपर्ने महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले जानकारी दिए । उनका अनुसार बिहान १० बजेदेखि बेलुकी पाँच बजेसम्म खोप लगाइनेछ । आज लगाउन छुटेका व्यक्तिले भोलि समेत खोप लगाउन पाउने छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images