images
images
  • प्रचण्ड जाने भएपछि नगरपालिकामा सार्वजनिक बिदा

    काठमाडौँ – केही दिन अघि अस्वस्थ भएर आराम गरिररहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज महोत्तरी जाँदैछन् ।

    स्वास्थ्य केन्द्र उद्घाटन गर्न प्रचण्ड आउन लागेको त्यहाँको रामगोपालपुर नगरपालिकाले जानकारी दिएको छ ।साथै सो कार्यक्रमका लागि भन्दै नगरपालिकाले एक दिन आज सार्वजनिक बिदासमेत दिएको छ।

    नगर प्रमुख अशोककुमार मण्डलले मंगलबार सूचना जारी गर्दै जिल्लाका आधारभूत स्वास्थ्य केन्द्रहरु वडा नं २, ३, ४, ६, ७, ८ र ९ को उद्घाटन कार्यक्रमका लागि सार्वजनिक बिदा दिएको जनाएका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images