images
images
  • चक्कु प्रहार गरेर दाजुको हत्या , आरोपमा भाइ पक्राउ

    काठमाडौं।  इलामको सन्दकपुर गाउँपालिका-१ चापगैरीमा एक जनाको हत्या भएको छ ।

    चक्कु प्रहार गरेर दाजु इच्छा मुखियाको हत्या गरेको आरोपमा भाइ चक्र मुखियालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिए । घटना सोमबार साँझ पौने ६ बजे भएको हो ।

    काका मानबहादुर मुखियाको घरमा मदिरा सेवनको क्रममा विवाद हुँदा भाइले दाजुलाई चक्कु प्रहार गरेको प्रहरीको दाबी छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images