images
images
  • विश्वभर कोरोना संक्रमितको संख्या २५ करोड ४० लाख नाघ्यो

    काठमाडौँ– विश्वभर कोरोनाका कुल संक्रमितको संख्या २५ करोड ४० लाख नाघेको छ ।

    ओर्ल्डोमिटरको पछिल्लो विवरणअुनसार पछिल्लो पटक ३ लाख ४० हजार ३९ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २५ करोड ४० लाख ८ हजार २ सय पुगेको छ ।

    तीमध्ये हालसम्म २२ करोड ९६ लाख ५९ हजार ९९१ जना निको भइसकेका छन् भने ५१ लाख १४ हजार ९४२ जनाको मृत्यु भएको छ ।

    हाल विश्वभर सकृय संक्रमितको संख्या एक करोड ९२ लाख ३३ हजार २६७ रहेको छ ।

    पछिल्लो विवरणअनुसार अमेरिकामा १९ हजार ४४३, रुसमा ३८ हजार ८२३, बेलायतमा ३६ हजार ५१७, टर्कीमा २१ हजार ६२४ र ब्राजिलमा ४ हजार १२९ जना संक्रमित थपिएका छन् ।

    यही अवधिमा रुसमा एक हजार २१९, टर्कीमा १८९ र अमेरिकामा ११० जना गरी ४ हजार ३९७ संक्रमितले ज्यान गुमाएका छन् ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images