images
images
  • आगामी चुनावमा कसैसँग पनि गठबन्धन हुन्न, कांग्रेस सभापति देउवाले भने,’एक्लै लड्ने हो’

    काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी चुनावमा कसैसँग पनि गठबन्धन नगर्ने बताएका छन् ।

    आइतबार (आज) बसेको केन्द्रीय कार्यसमितिको बैठकमा उठेका प्रश्नहरुको जवाफ दिदै सभापति देउवाले आगामी चुनावमा गठबन्धन गर्नेबारे कसैसँग कुनै सहमति नभएको बतबताएका हुन् ।

    उनले भनेका छन्, ‘कसैसँग पनि गठबन्धन हुन्न । एक्लै लड्ने हो । गठबन्धन गर्ने भनेर कसैसँग कुनै सहमति भएको छैन ।’

    त्यस्तै उनले गठबन्धन दलहरुबीच बनेको राजनीतिक समन्वय समिति राष्ट्रियसभा चुनावसम्ममात्रै सक्रिय हुने बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images