images
images
  • कवि अधिकारीको ‘संकलित गद्यरचना’ कृतिलाई अरनिको अन्तर्राष्ट्रिय साहित्य पुरस्कार

    ललितपुर-कवि हरि अधिकारीको ‘संकलित गद्यरचना’ कृतिले २०७७ को अरनिको अन्तर्राष्ट्रिय साहित्य पुरस्कार पाएको छ । गैरआवासीय नेपाली संघको भाषा–साहित्य, संस्कृति तथा सम्पदा प्रवद्र्धन समितिले राष्ट्रिय विभूति अरनिको नाममा स्थापना गरेको २ लाख रुपैयाँ राशिको पुरस्कार पहिलो पटक अधिकारीको कृतिलाई प्रदान गरिएको हो ।

    संस्कृतिविद् सत्यमोहन जोशी निवासमा भएको समारोहमा एनआरएनका पूर्वअध्यक्ष जीवा लामिछानेले ‘अभिलेखबद्ध पहिलो एनआरएन सदस्यका रूपमा विभूति अरनिकोलाई मान्न सकिने भनेर संस्कृतिविद् जोशीले दिएको सुझावअनुसार’ यो पुरस्कारको नामकरण गरिएको बताए । रुसबाट १८ वर्षअघि सुरु भएको एनआरएनए आज विश्वका ८५ देशमा विस्तारित भइसकेको भन्दै लामिछानेले गैरआवासीय हैसियतमा बाहिरी विश्वमा बसेर नेपाली भाषा–साहित्यमा सिर्जनागत योगदान दिनेलाई हरेक वर्ष अरनिको साहित्य पुरस्कार प्रदान गरिने जानकारी दिए । पुरस्कृत व्यक्तित्वबारे टिप्पणी गर्दै उनले आफूलाई सही लागेका कुरा निर्भीक भएर लेख्ने अर्थमा हरि अधिकारी एउटा ‘ब्रान्ड’ भएको बताए । समारोहमा संस्कृतिविद् जोशीले लेखक अधिकारीलाई पुरस्कार हस्तान्तरण गरेका थिए ।

    ध्रुवचन्द्र गौतम संयोजकत्वमा रहेको पुरस्कारको निर्णायकमा ज्ञानू पाण्डे, हरिराज भट्टराई र नयनराज पाण्डे सदस्य थिए । तेह्रौं शताब्दीमा चीनमा गएर नेपाली वास्तुकलाको ख्याति फैलाउने पाटन, ललितपुरका कलाकार अरनिकोका नाममा अन्तर्राष्ट्रिय साहित्य पुरस्कार स्थापना गरिएकोमा संस्कृतिविद् जोशीले प्रसन्नता व्यक्त गरेका थिए ।

    नेपाल–चीन सम्बन्ध सफल बनाउन अरनिकोको अग्रणी भूमिका: शताब्दी पुरुष जोशी

    257233221 10159519369781061 6283764275271395295 n

    वाङ्मय शताब्दी पुरुष डा सत्यमोहन जोशीले नेपाल र चीनको सम्बन्ध सफल बनाउन अरनिकोले अग्रणी भूमिका निर्वाह गरको बताए ।उनले अरनिकोको नाममा ग्यालरी खडा गर्न गैरआवासीय नेपाली सङ्घ भाषा, साहित्य, संस्कृति तथा सम्पदा प्रवद्र्धन समितिलाई आग्रह गरे । सङ्घले आज नेपाली भाषा तथा साहित्य अनि संस्कृतिको क्षेत्रमा योगदान पु¥याएका व्यक्तिका नाममा आयोजना गरेको ‘अरनिको अन्तरराष्ट्रिय पुरस्कार समर्पण समारोहमा’ जोशीले अरनिको मुलुककै पहिलो गैरआवासीय नेपाली नागरिक भएको चर्चा गरे ।

    वरिष्ठ साहित्यकार नयनराज पाण्डेले २०७७ सालमा प्रकाशित कृति सङ्कलन गरी सोमध्ये हरि अधिकारीको रचना उत्कृष्ट हुनुका साथै अरु साहित्यकारले नछोएका कुरा समावेश गरिएको हुँदा पुरस्कारका लागि छनोट गरिएको धारणा राखे । सङ्घका भाषा तथा साहित्य समितिका संयोजक हिक्मत थापाले हाल १०० भन्दा बढी मुलुकमा नेपालीको बसोबास रहेको र उनहरुका रचनाको खोजी गर्न जरुरी रहेको बताए। सङ्घका पूर्वअध्यक्ष जीवा लामिछानेले मुलुकका शसक्त अनि जुझारु व्यक्तित्व अधिकारीलाई आफूहरुले छनोट गरी पहिलो पुरस्कार प्रदान गर्न पाउँदा प्रसन्नता मिलेको धारणा राखे ।

    सङ्घका अध्यक्ष कुमार पन्तले कला र संस्कृतिको धनी पाटनमा जोशीद्धार पहिलो पुरस्कारको आरम्भ गर्न पाउँदा हर्षित भएको बताए । पुरस्कृृत व्यक्तित्व अधिकारीले सो पुरस्कार पहिलो पटक आफूले पाउँदा खुशी व्यक्त गरे । अधिकारी दुई लाख नगदसहित पुरस्कृत भएको हो ।

    257117408 10159519372526061 5089849481731564881 n

    256666210 10159519368251061 7009674565381225643 n

    प्रतिक्रिया दिनुहोस्
    images
    images