images
images
  • प्रचण्डको स्वास्थ्यमा समस्या : अस्पतालमै बस्न चिकित्सकको सल्लाह

    काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) अस्पताल भर्ना भएका छन् ।

    स्वास्थ्यमा समस्या देखिएपछि दाहाल ललितपुरको मेडिसिटी अस्पताल भर्ना भएका सचिवालयले बताएको छ ।

    अस्पतालमा परीक्षणको क्रममा प्रचण्डको रक्तचाप बढेको पाइएपछि डाक्टरहरूले अस्पतालमै बस्न सल्लाह दिएको प्रचण्डको पनि सचिवालयले बताएको छ । शनिबार बिहान प्रचण्डलाई रूघाखोकीसहित स्वास्थ्यमा समस्या देखिएको बताइएको थियो ।

    उनको स्वास्थ्यमा समस्यादेखिएपछि आजका लागि तय भएका सबै कार्यक्रम गरिएको थियो । उनको अवस्था सामान्य रहेको र चाँडै डिस्चार्ज हुने उनको पुत्री गंगा दाहालले जानकारी दिइन्  ।

    कर्णाली प्रदेशका उच्च हिमाली जिल्ला र पूर्वका भोजपुर लगायतका ठाउँमा पार्टीका कार्यक्रममा सहभागी हुँदा धपेडी र चापका कारण बिरामी परेको दाहालले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images