images
images
  • एमालेले सार्वजनिक गर्‍यो १० औं राष्ट्रिय महाधिवेशनको लोगो

    काठमाडौं-नेकपा एमालेले पार्टीको १०औं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा पार्टीको १० औं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव ईश्वर पोखरेलले नयाँ लोगो सार्वजनिक गरेका हुन् ।

    यस अवसरमा पार्टीका कार्यालय सचिव शेरबहादुर तामाङले ईसेवामार्फत् पार्टीका हरेक सदस्यहरूलाई कम्तीमा सय रुपैयाँ महाधिवेशनका लागि आर्थिक सहायता प्रदान सिष्टमबारे जानकारी गराएका थिए ।

    एमालेको सो राष्ट्रिय महाधिवेशन यही मंसीर १०, ११ र १२ गते चितवनमा आयोजना हुँदैछ । महाधिवेशनमा १९९९ जना प्रतिनिधिहरू सहभागी हुनेछन् । त्यसका लागि भोलि (शनिबार) देशभर प्रतिनिधि चयन हुँदै बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images