images
images
  • एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

    काठमाडौं । माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक शुक्रबार बस्दैछ ।

    बैठक नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बस्ने बैठकले कात्तिक २७ र २८ गते बस्ने केन्द्रीय कमिटीको बैठकका एजेण्डा तय गर्ने पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

    यस्तै नेकपा ९एमाले० सहितका विभिन्न पार्टी परित्याग गरी पार्टी प्रवेश गरेका तथा प्रवेश गर्ने तयारीमा रहेकाहरूका जिम्मेवारी र भूमिकाबारे पनि स्थायी कमिटी बैठकले मापदण्ड बनाएर केन्द्रीय कमिटीमा पेश गर्ने उनको भनाइ छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images