images
images
  • प्रहरीसँगको झडपमा पाँच जना अधिवक्ता घाइते 

    प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनमा उत्रिएका कानुन व्यवसायी र सुरक्षाकर्मीबीच झडप भएको छ । सो क्रममा चार जना कानुन व्यवसायी घाइते भएका नेपाल बार एसोसिएसनका पूर्व उपाध्यक्ष टीकाराम भट्टराईले जानकारी दिए ।

    उनका अनुसार बारका महासचिव लिलामणि पौडेल,  पूर्वउपध्यक्ष कुमार शर्मा आचार्य, पूर्वकेन्द्रीय सदस्य रमनकुमार कर्ण र उच्च अदालत पाटन बार सदस्य मुकुन्द भट्टराई सामान्य घाइते भएका हुन् भने एक जनाको परिचय खुल्न बाँकी रहेको छ ।

    प्रधानन्यायाधीश जबराको राजीनामा मागेर सर्वाेच्च अदालतकै १९ जना न्यायाधीशहरूले अघोषित रूपमा इजलास बहिस्कार गर्दै आएका छन् भने नेपाल बार एसोसिएसन आन्दोलनमा उत्रिएको छ ।

    सोही क्रममा बिहीबार धर्नामा रहेका कानुन व्यवसायी र सुरक्षाकर्मीबीच घम्साघम्सी परेको हो । आन्दोनरत कानुन व्यवसायी सर्वाेच्च अदालततर्फ अघि बढेपछि रोक्न खोज्दा प्रहरी र अधिवक्ताबीच घम्साघम्सी परेको हो ।

    कार्यपालिकासँग भागबण्डा खोजेकोलगायतको आरोप लगाउँदै सर्वाेच्च अदालतकै १९ जना न्यायाधीश र बार आन्दोलनमा उत्रिएका हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images