(मध्यपुरथिमी)भक्तपुर-नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आसन्न महाधिवेशनको पूर्वसन्ध्यामा देशभरका स्थानीय तहमा वडा तथा नगर अधिवेशन गरिरहेको छ । यसै शिलशिलामा देशकै सबैभन्दा सानो जिल्ला भक्तपुरको एक नगरपालिकाबाट १८ वर्षीया युवती नगर कमिटी सदस्यमा निर्वाचित भएकी छिन् ।
भक्तपुरको मध्यपुरथिमी नगरपालिकाको भर्खरै सम्पन्न अधिवेशनबाट मध्यपुर थिमीकी १८ वर्षीया एशिया राज्यलक्ष्मी देवी थापा नगरकमिटी सदस्यमा निर्वाचित भएकी हुन् । प्लस टूको अध्ययन सकेकी थापा एमबीबीएस पढाईको तयारीमा रहेकै बेला भएको अधिवेशनबाट नगरकमिटी सदस्यमा चयन भएकी हुन् । उनले आफू युवा पुस्ताको आवश्यकताका लागि राजनीतिक सम्भावना र सोच बोकेर राजनीतिमा प्रवेश गरेको बताएकी छिन् ।
हालै सम्पन्न मध्यपुर थिमि नगर अधिवेशनले पुराना नेता सुर्यलाल श्रेष्ठको अध्यक्षतामा नगर कमिटीको निर्वाचन सम्पन्न गरेको थियो ।


विश्व खबर 



















