काठमाडौं-नेपाली सेनाले घर नभएका वहालवाला सकलदर्जालाई २५ लाखसम्म सहुलीयतपूर्ण कर्जाको व्यवस्था गरेको छ । जंगी अड्डाले सैनिक सेवामा १० वर्ष पूरा गरेका र श्रीमानरश्रीमती दुवैको नाममा घर नभएका वहालवाला सैनिक अधिकारीहरुले २५ लाखसम्म अवास कर्जा पाउने व्यवस्था गरेको हो ।
राष्ट्रिय वाणिज्य बैंक र सैनिक कल्याणकारी कोषबीच सेनामा कार्यरत कर्मचारीलाई सहुलियतपूर्ण आवास कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माको उपस्थितिमा भएको सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र सैनिक कल्याणकारी महानिर्देशनालयका महानिर्देशक उपरथी आनन्दकुमार अधिकारीले हस्ताक्षर गरे ।
जंगी अड्डामा आयोजित कार्यक्रममा सोमबार नेपाली सेना, राष्ट्रिय बाणिज्य बैंक र राष्ट्रिय विमा समितिका अधिकारीले ‘सैनिक सकलदर्जा सहुलीयतपूर्ण आवास कर्जा–२०७८’मा हस्ताक्षर गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।नेपाली सेनाका अधिकारीहरुले अब तोकिएको मापदण्ड पूरा गरी राष्ट्रिय बाणिज्य बैंकबाट ३ दशमलब ३२ प्रतिशत व्याजदरमा आवास कर्जा लिन पाउनेछन् ।
उक्त सम्झौतापश्चात सैनिक सेवामा न्यूनतम १० वर्ष सेवा अवधि पुरा गरेका सैनिकलाई कोषको सिफारिसमा अधिकतम २५ लाख रुपैयाँसम्म सहुलियतपूर्ण आवास कर्जा प्रदान हुनेछ । बैंकले आधार दरमा न्यूनतम प्रिमियम लिई सोमा कोषले समेत अनुदान प्रदान गरी वार्षिक ३।३२ प्रतिशतमा घर खरिद वा घर निर्माण गर्न अधिकतम १५ वर्षसम्म ९थप एक वर्ष निर्माण अवधि प्रदान गर्ने गरी० कर्जा प्रवाह गर्नेछ ।
सम्झौता बमोजिम कोषले बैंकलाई निक्षेप समेत उपलब्ध गराउने छ । बैंकको देशभर २५६ वटा शाखा कार्यालय, २१८ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग सेवा संचालनमा छन् ।


विश्व खबर 



















