images
images
  • सुन्दरीजलमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

    काठमाडौं । राजधानी काठमाडौंमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

    गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजलमा बा९० प ४५६ नम्बरको मोटरसाइकल आइतबार राति दुर्घटना हुँदा चालक स्वछन्द पुडासैनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

    मोटरसाइकल अनियन्त्रित भई पिपलको रुखमा ठोकिएको महानगरीय प्रहरी प्रभाग सुन्दरीजलले जानकारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images