images
images
  • शंखधर साख्वाको प्रतिमामा माल्यार्पण गर्दै प्रधानमन्त्री देउवाले भने-‘नेपाल संवतको प्रचलनसँगै गरिबी उन्मूलन’

    (थिमी),भक्तपुर-प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको शालिकमा माल्यार्पण गरेका छन् । प्रधानमन्त्री देउवाले शुक्रबार भक्तपुरको थिमीस्थित नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमामा माल्यार्पण गरेका हुन् । उनले राष्ट्रिय विभूति साख्वाको प्रतिमामा माल्यार्पण गर्दै उनको योगदानको स्मरण गरे ।

    प्रधानमन्त्री देउवाले हरेक नेपालीहरुले राष्ट्रिय विभूति साख्वाको जीवनीबाट सिकेर अघि बढ्न आवश्यक रहेको बताए ।प्रधानमन्त्री देउवाले भने, ‘उहाँले ऋणमा रहेका नेपालीहरुलाई ऋणबाट मुक्त गर्नुभयो, उहाँ जस्तो देशका लागि योगदान पुर्याउने व्यक्ति बिरलै पाइन्छन्, उहाँको प्रेरणाबाट हामीले सिक्न जरुरी छ, आज मात्रै सार्वजनिक भएको नेपाल संवतको विद्युतीय पात्रो मोबाइल अब नेपाल संवतको निर्माणले हाम्रो दैनिक जीवनमा विविध सांस्कृतिक बोध गराउँछ, सरकारी कामकाजमा पनि सहयोग हुने विश्वास लिएको छु।’

    प्रधानमन्त्री देउवाले नेपाल संवतको विद्युतीय पात्रो सार्वजनिक भएकोमा खुशी व्यक्त गर्दै पात्रोले सांस्कृतिक कुराहरुको बोध गराउने बताए ।

    को हुन् शंखधर साख्वा ?
    राष्ट्रिय विभूति शंखधर साख्वाःले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरुवात् गराएका थिए । विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको हो । नेपाल संवत्लाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखालगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरुपमा मनाउने गरिन्छ ।

    गरीब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्टिय विभूति घोषणा गरेका थिए ।

    विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपाल संवतले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए । कात्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुवात् गर्ने परम्परा समेत काठमाडौँमा अझै छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images