काठमाडौं ।अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जील जोडीले बिहीबार ह्वाइटहाउसमा दिवालीका उपलक्ष्यमा दियो बालेको तस्विर राष्ट्रपति बाइडेनको भेरीफाईड ट्वीटरबाट सार्वजनिक गरेसंगै संसारभरी चर्चा चुलिएको छ ।
बाईबल छोएर सपथ खाने देशका राष्ट्रपति पनि हुन उनि,जो बाइडेनले सर्वोच्च अदालतका प्रधान न्यायाधिस जोन रोबर्टसबाट बाइबललाई साक्षी राखेर सपथ लिएका थिए । बाइडेनले शपथ लिँदा एक सय २८ वर्ष पुरानो बाइबल छोएका थिए ।
अमेरिकामा लगभग ७६।६ प्रतिशत क्रिश्चियन धर्मावलम्बी रहेको तथ्याकं छ । बुध्दिष्ट, हिन्दु र ईस्लामहरु १ प्रतिशत भन्दा पनि मुनि नै रहेका छन् । अमेरिकामा लगभग २२ प्रतिशत जनसंख्या कुनै पनि धर्मको अनुशरण नगर्नेहरुको संख्या छ । अमेरिकाको संबिधान अनुसार संयुक्त राज्य अमेरिका धर्मनिरपेक्ष राष्ट्र हो ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















