images
images
  • दोस्रो जितसँगै न्युजिल्यान्डको सेमिफाइनल सम्भावना बलियो

    काठमाडौं- आइसिसी टी-ट्वान्टी विश्वकपमा न्युजिल्यान्डले स्कटल्यान्डलाई १६ रनले पराजित गरेको छ ।

    बुधबार सुपर-१२ को समूह-२ मा रहेको न्युजिल्यान्डको जितसँगै सेमिफाइनल सम्भावना बलियो भएको छ ।

    १७३ रनको विजयी लक्ष्य पाएको स्कटल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५६ रन बनायो । स्कटल्यान्डका माइकल लिस्कले सर्वाधिक ४२ रन बनाए । न्युजिल्यान्डका ट्रेन्ट बोल्ट ईश सोधीले २ विकेट लिए ।

    यसअघि दुबईमा टस हारेर ब्याटिङ गरेको न्युजिल्यान्डले २० ओभरमा ५ विकेट गुमाउँदै १७२ रन बनाएको थियो ।

    न्युजिल्यान्डका ओपनर मार्टिन गुप्टिलले सर्वाधिक ९३ रनको योगदान दिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images