images
images
  • ‘गुन्डा नाइके’ अभिषेक गिरीलाई ल्याएपछि कैदीबन्दी आन्दोलित

    विराटनगर-अपहरण तथा शरीर बन्धक मुद्दामा कैद सजाय भुक्तान गरिरहेका ‘गुन्डा नाइके’ अभिषेक गिरीलाई सरकारले जिल्ला कारागार मोरङ सरुवा गरेर ल्याएपछि कैदीबन्दी आन्दोलित बनेका छन् ।

    काठमाडौंस्थित डिल्लीबजार कारागारबाट स्थानान्तरण गरी  मंगलबार बिहान गिरीलाई विराटनगर कारागारमा ल्याइएको हो । मोरङ कारागारमा हुँदा कैदीबन्दीको नेतृत्व गर्ने चौकीदारको जिम्मेवारी उनलाई दिइएको थियो ।

    कारागारभित्रै विभिन्न आपराधिक गतिविधि गरेको खुलेपछि उनलाई करिब साढे ३ वर्षअघि मोरङबाट काठमाडौंस्थित डिल्लीबजार कारागार सारिएको थियो । मोरङ कारागारमा रहँदा कैदीबन्दीलाई पीडा दिएको आरोप उनी माथि छ । कैदीबन्दीहरू गिरीले विगतामा गरेको बदमासीका कारण असुरक्षित महसुस गर्न थालेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images