images
images
  • प्रधानाध्यापकलाई कालोमोसो दल्नेलाई कारबाहीको माग गर्दै शिक्षकको प्रदर्शन

    जनकपुरधाम- धनुषाको एक सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई चप्पलले कुटेको तथा कालोमोसो दली दुर्व्यवहार गरेको विरोधमा शिक्षकहरूले जनकपुरधाममा विरोध प्रदर्शन गरेका छन् ।

    गत शुक्रबार जिल्लाको बैला नगरपालिकाको फकिरचन्द उच्च माविका प्रधानाध्यापक बैजु साहमाथि विद्यार्थीले कालोमोसो फ्याँकेर चप्पलले कुटेका थियो । सो घटनाको विरोध गर्दै शिक्षकहरूले सोमबार विद्यालय बन्द गरेर जनकपुरमा विरोध प्रदर्शन गरेका हुन् ।

    विद्यालयमा शान्ति सुरक्षा कायम गर, शिक्षकलाई दुर्व्यवहार गर्नेमाथि कारबाहीलगायतका माग गर्दै शिक्षकहरूले स्थानीय रेल्वे स्टेसनमा विरोध जुलुस निकालेका थिए ।

    शिक्षकहरूले जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय इकाई कार्यालय धनुषामा ज्ञापनपत्र समेत बुझाएका छन् । घटनामा संलग्नहरूको एक सप्ताह भित्र कारबाही नभए पठनपाठन अवरुद्ध गरी थप आन्दोलन गर्ने उनीहरूले चेतावनीसमेत दिएका छन् । न्युज कारखाना

    प्रतिक्रिया दिनुहोस्
    images
    images