images
images
  • प्रचण्ड र रेणुलाई ओलीको काउन्टर: ‘महाधिवेशन नगरे पनि चितवन कब्जा गर्छौं, सूर्यको जमाना आयो’

    काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन नगरे पनि आगामी चुनावमा चितवन कब्जा गर्न सकिने बताएका छन् । एमालेले महाधिवेशन गरेर माओवादीलाई घेराबन्दी गर्न खोजेको अध्यक्ष प्रचण्ड र भरतपुरकी मेयर रेणु दाहालको गुनासोको प्रतिउत्तरमा ओलीले महाधिवेशन नगरे पनि एमालेले जित्ने दाबी गरे । चितवन कसैको बाउको बिर्ता नभएको ओलीको भनाइ थियो ।

    ‘चितवनको महाधिवेशन गर्ने भन्या के थियौं । मानिलिउ यो जिल्ला नै मेरो जस्तो गर्छन् बा । चितवनमा महाधिवेशन गर्ने कौन्सा ठूलो कुरा भयो । हामीले पहिले बुटबलमा महाधिवेशन गर्‍यौ । नेपालगंजमा गर्‍यौ । जनकपुरमा गर्‍यौं । किन छटपटि रुु उनले प्रश्न गरे, ‘महाधिवेशन गरेरमात्रै हामीले यो जिल्ला कब्जा गर्ने होइन, जित्ने होइन । महाधिवेशन नगरे पनि जित्छौं, महाधिवेशन गरे पनि जित्छौं । हामीले यहाँ महाधिवेशन गर्दा किन टाउको दुखाई रु महाधिवेशन नगरे आफू जित्नेजस्तो पो गर्छन् ।’

    अध्यक्ष ओलीले अब चितवन सूर्यमय हुने दाबी पनि गरे । ुजनताले एकपटक धोका पाए । म त धोका पाएर दुईतीन पटक भोट माग्न आए । अब जनता लाटा छैनन् झण्डै दुई तिहाई पुगेको कम्युनिस्ट पार्टी ध्वस्त पार्ने, को को हुन् चिन्या छैनन् रु अब जनताले चुनावमा भोट हाल्दा हात उनीहरुतिर जान थाल्यो भने पनि कार्यकर्ताले नै यस्सो वरतिर सूर्यमा हाल्छन् । अब त्यो जमाना रहेन । अब सूर्यको जमाना आयो,ु उनले भने ।

    एमाले भरतपुर नगर कमिटीको प्रथम नगर अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भरतपुरमा मतपत्र च्यातेर छोरी जिताइएको, अदालतमा सेटिङ गरेर परमादेश जारी भएको कुराहरु भण्डाफोर भएकाले जनताले अरुलाई विश्वास नगर्ने तर्क गरे ।

    केपी ओलीको प्रश्न: चितवनमा महाधिवेशन गर्दा किन छटपटी ?
    अध्यक्ष ओलीले चितवनमा आफ्नो पार्टीको महाधिवेशन गर्दा विपक्षीलाई किन छटपटी भएको ? भनेर प्रश्न गरेका छन् । नेकपा एमाले भरतपुर महानगर कमिटीको प्रथम अधिवेशन उद्घाटन गर्न चितवन आएका ओलीले प्रचण्डलाई लक्षित गरी उक्त प्रश्न गरेका हुन् ।

    एमालेको १०औँ महाधिवेशन चितवनमा गर्ने तय भएपछि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूविरुद्ध लड्नकै लागि एमालेले यहाँ महाधिवेशन गर्न लागेको बताएका थिए । प्रचण्डको गृहजिल्लासमेत रहेको चितवनमा आएर ओलीले भने, ‘चितवनमा महाधिवेशन गर्ने भइयो के भन्या’ थ्यो, सेरोफेरो सबै मेरो जस्तो पो गर्छन् । चितवनमा महाधिवेशन गर्न के ठूलो कुरा भयो ? पहिले बुटवलमा गर्‍यौँ, नेपालगंज र जनकपुरमा गर्‍यौँ । यसपालि चितवनमा गर्छाैं । किन छटपटी ?’

    250789019 3201620959961660 2854429405192043112 n 1

    चितवनमा महाधिवेशन गरे पनि वा नगरे पनि एमालेले स्वतः जित्ने उनले दाबी गरे । ‘जनताले पनि एकचोटि धोका पाए । हामीले पनि पायौँ । झण्डै दुई तिहाइ पुगेको कम्युनिस्ट पार्टी ध्वस्त पारे । कोको हुन् भन्ने चिनेको छैन ?’, उनले भने । अबको चुनावमा माओवादीकै कार्यकर्ताले सूर्य चिह्नमा मतदान गर्ने उनले दाबी गरे ।

    फरक प्रसंगमा बोल्दै ओलीले वर्तमान गठबन्धनको सरकार केही समयमा आफैँ खुइलिएर जाने बताए । जालझेल र सेटिङ मिलाएर सरकार बनाएको रहेछ भन्ने कुरा स्पष्ट भइसकेको उनले बताए । ‘न्यायाधीशहरू आफैँ भन्न थाले । बकपत्र सुरु गरे । अमेरिकाबाट आएको ईमेल पढिसक्न नपाउँदै छोपछोप बन्द गर..’, उनले भने, ‘भण्डाफोर पो हुन लाग्यो । आधैमा रोके । प्रतिक्रियावादीहरूले यस्तो हर्कत गर्छन् ।’

    नेकपा एमालेलाई सरकारबाट ढाल्नका लागि असंवैधानिक बाटो रोजेको कुरा उक्त ईमेलमा स्पष्ट रहेको उनले दाबी गरे । एमालेसँग अगाडिबाट लड्न नसकेपछि पछाडिबाट झुक्याएर असंवैधानिक ढंगबाट परमादेशले हानिएको उनले बताए ।

    ‘रामको जन्मभूमि अयोध्यापुरी नै हो’

    अध्ययन गर्दै जाँदा भगवान् रामको जन्म चितवनको अध्योध्यापुरीमै भएको भन्ने तथ्य फेला परेको उनले बताए । ‘रामको जन्मभूमि अयोध्यापुरी नै हो । रामायण लेखिएको वाल्मीकि आश्रम छँदै छ । देवघाट यहीँ छ । तीन हजार वर्ष अगाडि धेरै कुरा यहाँ भएका थिए । समय क्रममा सभ्यता कमजोर भएर गयो, छोपियो । अब हामीले पुरानो सभ्यता उठाउनु छ’, ओलीले भने ।

    गठबन्धनविरुद्ध एमाले एक्लै काफी

    देश बनाउने पार्टी एमालेबाहेक अरू नभएको भन्दै उनले कांग्रेसको कुनै गन्तव्य नै नभएको दाबी गरे । आगामी चुनावमा पाँच दलीय गठबन्धनविरुद्ध लड्न एमाले एक्लै काफी हुने उनले बताए । ‘पाँचवटा मिलेरै जाऊ । हामी एक्लै काफी छौँ । काफी हुनुपर्छ’, उनले भने, ‘धनुबाट छुटेको बाणझैँ लाग्न हाम्रा साथीहरूलाई आग्रह गर्छु । कुनै बैसाखी नटेकी एक्लै जिताउन लाग्नुहोस् ।’

    चितवनबाट तीन जना प्रतिनिधिसभा सांसद र छ जना प्रदेश सांसद एमालेबाट चाहिने उनले बताए । सबै पालिकाका प्रमुख, उपप्रमुख र वडा अध्यक्ष पनि एमालेबाटै हुनुपर्ने उनको भनाइ छ । मतपत्र च्यात्ने र धाँधली गर्ने नभई जनताको मतबाट नै विजयी बनेर देखाउने उनले बताए ।

    यो सरकार लुतो लागेको कुकुरजस्तो खुइलिँदै जान्छ

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले समय बर्बाद गरेको टिप्पणी गरेका छन् । आन्तरिक भागवण्डा मिलाउन नसकेर तीन महिनासम्म सरकार विस्तार गर्न नसकेको उनको भनाइ थियो ।

    ‘यी पञ्चमुखीहरु खान बसेका छन् । देशलाई अल्मल्याएका छन् । तीन महिनामा सरकार बन्न सक्दैन । अलिक पछाडि आफैं ढले अचम्म मान्नुपर्दैन,’ उनले भने । यो सरकार दिनदिनै लुतो लागेको कुकुरजस्तो खुइलिँदै जाने उनको भनाइ छ । ‘हामी सरकार ढाल्नतिर लाग्दैनौं । हामीले चाह्यौ भने ७ दिनमा ढाल्दिन्छौं । तर यो सरकार आफै खुइलिँदै जान्छ । यता मिलाएको छ, उता मिलाएको छ । समय बर्बाद गरेको छ,’ उनले भने ।

    ओलीले सत्ता गठबन्धन अब चुनावबाट भाग्न नपाउने पनि उल्लेख गरे । ‘चुनावबाट कहिलेसम्म भाग्लान ? दुईपटक भागे । अब आफै चुनाव गराउनुपर्छ । स्थानीय चुनावमा यिनीहरुलाई घोडाले पछारेझै पर्छानुपर्छ,’ उनले भने, ‘यस (भरतपुर) महानगरमा अरुले उम्मेदवार हाल्ने मन लाग्ने हाल्छ । तर जित्ने एमाले हो । नेकपा एमाले कुटाकुट गर्ने बार हो र ? लोकतान्त्रिक पार्टी हो ।’

    न्यायाधीशको इमेलले सेटिङ पुष्टि गर्‍यो, सत्य भण्डाफोर भयो
    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले न्यायाधीशहरुको तमासाले अदालतमा सेटिङ पुष्टि भएको तर्क गरेका छन् । एमाले भरतपुर नगर कमिटीको प्रथम नगर अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अदालतमा सेटिङ गरेर परमादेश आएको कुरा न्यायाधीशहरु आफैले भण्डाफोर गरेको बताए ।

    ‘जालझेल, सेटिङ, तिकडम गरेर, अदालत मिलाएर, मिलाएको रहेछ भन्ने त एक पछि अर्को न्यायाधीशहरु आफैं भन्न थाले । बकपत्र सुरु भयो । अमेरिकाबाट इमेल पठाए । पढ्दा पढ्दै, पढिनसक्दै चुपचुप, बन्द गर, बन्द गर भनेर तमासा गरेका छन् । बन्द गर, बन्द गर । रोक, रोक,’ उनले भने, ‘न्यायाधीशको इमेल के के न होला भनेर पढ्दा पढ्दै छोप्नुपर्‍यो । बन्द गर, बन्द गर । रोक, रोक । यो सत्य बाहिर जाँदा त के के पो निस्किने हो, भण्डाफोर भयो । आधामै रोकायो । चौथाईमै रोकायो । के हालत छ ?’

    प्रतिक्रियावादीहरुले यस्ता खालका चाहिने नचाहिने क्रियाकलाप गर्ने उनको भनाइ छ । ‘यिनीहरुले जनताको शक्तिलाई लल्कार्ने कुरा गर्छन् । अमेरिकाबाट लेखिएको इमेल के भन्छ, एकदम खतरनाक शक्ति अगाडि बढेका हुनाले सरकारबाट खसाल्नै पर्छ । संवैधानिक ढंगले जान सकिएन । त्यसकारण असंवैधानिक ढंगले जानुपर्‍यो,’ उनले भने ।

    एमालेलाई सरकारबाट ढाल्न कुनै संवैधानिक बाटोबाट सम्भव नभएको, एमाले फुटाउन संवैधानिक बाटो नभएकाले जालझेल गरिएको उनको आरोप थियो । ‘४० लाई २० प्रतिशत झारियो । र लाई वा मा झारेर, संसद बन्द गरेर, हामीले निष्काशन गरेका, कारवाही गरेकालाई कायम राखेर, बलजफ्ती, संविधानको धज्जी उडाएर, मर्यादित संस्थाहरुको हुर्मत लिएर एमालेलाई परमादेशबाट हटाइयो,’ उनले भने, ‘किनभने कुनै वैधानिक र सहि बाटोबाट एमालेलाई सकिँदै सकिँदैन । त्यसकारण गलत बाटोबाट परमादेशबाट हटाइयो । एमालेसँग अगाडिबाट लड्ने हिम्मत छैन । त्यसकारण पछाडिबाट झुक्याएर परमादेशबाट हटाइयो । परमादेश भनेको त झुक्याएर असंवैधानिक ढंगबाट पछाडिबाट हान्ने रहेछ ।’

    यो पनि पढ्नुहोस्: चितवनबाट प्रभु साहको उत्घोष: ‘एमाले र केपी ओलीलाई बाँचुन्जेल साथ दिन्छु’

    प्रतिक्रिया दिनुहोस्
    images
    images