images
images
  • प्रदेश १ मा नयाँ सरकार गठनका लागि गठबन्धनको दाबी पेस, मंगलबार राजेन्द्र राई मुख्यमन्त्री नियुक्त हुने

    विराटनगर-प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएलगत्तै प्रदेश १ सभाका पाँचदलीय गठबन्धनले सोमबारका बहुमतको सरकारका लागि दाबी पेस गरेको छ।

    अपराह्न प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई बहुमतको सरकारका लागि हस्ताक्षर बुझाउँदै गठबन्धनले दाबी पेस गरेको हो। उनीहरूले एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्रीका लागि प्रस्ताव गरेका छन्।

    प्रदेश १ मा पाँचदलीय गठबन्धनमा रहेका दलहरू नेपाली कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादीका तीन र संघीय लोकतान्त्रिक मञ्चको एकजनासहित जम्मा ५० जना सांसद छन्। यस्तै, एमालेका ४१ र राप्रपाका एक सांसद छन्।

    मंगलबार राजेन्द्र राई मुख्यमन्त्री नियुक्त हुने
    प्रदेश प्रमुखको कार्यालयका अनुसार प्रदेश प्रमुख अधिकारीले भोलि मंगलबार अपरान्ह्रसम्ममा प्रदेश १ मा राजेन्द्र राईलाई नयाँ मुख्यमन्त्री नियुक्त गर्नेछन्। त्यसपछि मुख्यमन्त्रीले नियुक्त गरेका मन्त्रीहरूसहितले शपथ लिनेछन्। मुख्यमन्त्रीका दाबेदार राजेन्द्र राईले मंगलबार सानो आकारको मन्त्रिपरिषद् गठन हुने बताए। १० भदौमा मुख्यमन्त्री नियुक्त भएका एमालेका भीम आचार्यले आज पदबाट राजीनामा दिएका हुन्। प्रदेश सभामा विश्वासको मत लिनुअगाडि नै उनले पदबाट राजीनामा दिएका थिए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images