images
images
  • यू-२३ फुटबल : नेपाल जित विहीन

    काठमाडौं- एएफसी यू-२३ एसियन कप छनोट प्रतियोगितामा नेपाल जित विहीन र गोल विहीन बनेको छ । प्रतियोगिताको तेस्रो तथा अन्तिम खेलमा लेभलानसँग ४-० गोल अन्तरले पराजित भएको हो ।

    ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा पहिलो हाफमा १ गोल बेहोरेको नेपालले दोस्रो हाफमा थप ३ गोल बेहोरेको थियो ।

    लेबनानलाई जित दिलाउन जेइन फरानले दुई गोल गरे । मोहमद नासिर र मोहमद हेइदरले एक एक गोल गरे ।

    यस जितसँगै लेबनानले प्रतियोगिताको सुखद अन्त्य गरेको छ । तर, लेबनान अर्को चरणमा भने पुग्न सकेन ।

    नेपाल जित विहीन रहँदै घर फर्किएको छ । समूह ‘बी’ को नेपालले अंक जोड्न सकेन ।

    नेपाल पहिलो खेलमा इरानसँग ४-० र दोस्रो खेलमा ताजकिस्तानसँग ६-० गोल अन्तरले पराजित भएको थियो ।

    नेपाल समूहको पुछारमा रह्यो । लेबनान ३ अंक जोडेर तेस्रो स्थानमा रह्यो ।

    छनोटको समूह ‘बी’ मा इराक र ताजकिस्तान विजेताको दौडमा रहेका छन् । इरान र ताजकिस्तानको समान  २ खेलबाट ६ अंक रहेको छ ।

    नेपाली २३ टोली:

    गोलरक्षक- अर्पण कार्की (कप्तान), विशाल सुनार, अभिषेक बराल

    डिफेन्डर- सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, रन्दीप पौडेल, शिव गुरुङ, अनिल महर्जन, अभिषेक लिम्बू

    मिडफिल्डर- नितिन थापा, सुरज जिउ ठकुरी, आयुष घलान, सेसेहाङ आङदेम्बे, शिशिर लेखी, आकाश बुढा मगर, रोशन पहाडी, एरिक विष्ट

    स्ट्राइकर- ऋतिककुमार खड्का, मनीष डाँगी, अभिषेक रिजाल, दर्शन गुरुङ, राजीव लोप्चन

    प्रतिक्रिया दिनुहोस्
    images
    images