images
images
  • लक्ष्मीप्रसाद महर्जन बने पुरुष सिंगल्स च्याम्पियन

    काठमाडौं- लक्ष्मीप्रसाद महर्जन बूढानीलकण्ठ नगरपालिका वडा- १२ स्तरीय ब्याडमिन्टन प्रतियोगिताको पुरुष सिंगल्समा आइतबार च्याम्पियन बनेका छन् ।

    कपनको फैकास्थित हिमाल ब्याडमिन्टन हलमा भएको प्रतियोगिताको फाइनलमा लक्ष्मीले सविन तिवारीलाई २१-१८ र २१-१९ को सोझो सेटमा पराजित गरे । लक्ष्मीले आठ हजार तथा सविनले चार हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, पदक तथा प्रमाणपत्र प्राप्त गरे ।

    नागेश्वरी युवा क्लबद्वारा आयोजित प्रतियोगिताको पुरुष डबल्समा रामचन्द्र श्रेष्ठ र राजेश मल्ल ठकुरीको जोडी पहिलो भयो । फाइनलमा उक्त जोडीले राजेन्द्र मगर र भरत थापाको जोडीलाई २-० को सिधा सेटमा हराए । ट्रफी, पदक तथा प्रमाणपत्रसहित विजेताले १५ हजार तथा उपविजेताले १० हजार रुपैयाँ नगद पुरस्कार पाए । दीपक क्षेत्री उत्कृष्ट खेलाडी घोषित भए ।

    विजेतालाई मुख्य प्रायोजक बूढानीलकण्ठ नगरपालिका वडा- १२ का अध्यक्ष शम्भुप्रसाद भट्टराई, प्रतियोगिता संयोजकसमेत रहेका हिमाल ब्याडमिन्टन हलका संचालक प्रजापति दाहाललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुई दिने प्रतियोगिताको सिंगल्समा १० जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए भने डबल्समा १७ जोडी सहभागी थिए । न्युज कारखाना

    प्रतिक्रिया दिनुहोस्
    images
    images