काठमाडौं-नेपाल बार एशोसिएसनले पाँच दिनभित्र राजीनामा दिन प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई अल्टिमेटम दिएको छ ।
शुक्रबार बसेको कार्यसमिति बैठकले १७ कात्तिकसम्म विरोधका कार्यक्रम सार्वजनिक गर्दै यो अवधिभित्र राजीनामा नआए थप विरोधका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ ।
प्रधानन्यायाधीशबाट विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको, न्यायपालिकाको स्वच्छता, गरिमा कायम राख्न नसकेकोले राजीनामा मागिएको हुँदा जबरालाई इजलासमा नबस्न पनि माग गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















