images
images
  • राष्ट्रसंघीय प्रतिनिधि भने-‘नेपाली शान्ति सैनिकहरु व्यवसायीक र क्षमतावान’

    काठमाडौं-संयुक्त राष्ट्रसंघले द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनार्थ खटिएका नेपाली सेनाको क्षमताको खुलेर प्रशंसा गरेको छ । नेपाली शान्ति सैनिकहरुले विश्वका द्वन्द्वग्रस्त मुलुकहरुमा शान्ति स्थापना गर्ने क्रममा देखाएको व्यवसायीकताको राष्ट्रसंघले प्रशंसा गरेको हो।

    लिवियामा तैनाथ नेपाली शान्ति सेनाको मेडल परेड समारोहमा बोल्दै लिबियाका लागि राष्ट्रसंघीय विशेष प्रतिनिधि जान कुबिसले नेपाली शान्ति सैनिकहरुले शान्ति स्थापना गर्ने क्रममा व्यवसायीक र उच्च क्षमताका प्रर्दशन गरेको बताएका हुन्।

    मेडल परेड अवसरमा राष्ट्रसंघीय मिसनका उच्च अधिकारीहरुको उपस्थिति रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images