images
images
  • विश्वमा आजः आर्मेनीको संसद भवनमा गोली हानाहानदेखि फिलाडेल्फिया सहर स्थापनासँग जोडिएको रोचक कथा

    आज अक्टोबर २७ । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः

    आर्मेनियाको संसदमा गोली हानाहान

    सन् १९९९ मा आर्मेनियाको संसदमा सशस्त्र समूहले चलाएको गोली लागेर प्रधानमन्त्री र सभामुखसहित आठ जनाको मृत्यु भएको थियो । आक्रमणलगत्तै त्यहाँको सेनाले संसदलाई घेरा हालेर आक्रमणकारीलाई नियन्त्रणमा लिएको थियो ।

    सोभियत युनियनबाट तुर्केमेनिस्तान स्वतन्त्र

    मध्यएशियाली देश तुर्केमेनिस्तान सन् १९२५ देखि सोभियत संघको अधिनमा थियो । सन् १९९१ मा तुर्केमेनिस्तानले स्वतन्त्र भएको घोषणा गरेको थियो ।

    न्युयोर्क सिटी सबवे सञ्चालन सुरु

    सन् १९०२ मा अमेरिकाको सबैभन्दा पुरानो भूमिगत मार्गको ट्रान्जिट सिस्टमको निर्माण सुरु भएको थियो । यसको सञ्चालन आजकै दिनबाट भएको थियो । यो मार्ग विश्वकै सबैभन्दा पुरानो र सर्वाधिक प्रयोग गरिएको ट्रान्जिट सिस्टम मानिन्छ ।

    फिलाडेल्फिया सहर स्थापना

    सन् १६८२ मा फिलाडेल्फिया सहर स्थापना भएको थियो । यस एतिहासिक सहरको स्थापना ब्रिटिश व्यवसायी विलियम पेनले गरेका थिए । बेलायतका राजा चाल्स द्धितीयले पेनका बाबुलाई ठूलो रकम तिर्न बाँकी थियो । रकमको सट्टा चाल्सले पेनका छोरालाई जग्गा नै दिएका थिए । यो सहर युनेस्कोको विश्व सम्पदा सूचीमा सुचिकृत छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images