images
images
  • आईसीसी टी–२० विश्वकप : पाकिस्तानले भारतलाई १० विकेटले हरायो

    काठमाडौँ । आईसीसी टी–२० विश्वकपमा पाकिस्तानले भारतलाई हराएको छ । सुपर–१२ अन्तर्गत दुवईमा आइतबार भएको खेलमा पाकिस्तानले भारतलाई १० विकेटले हराएको हो ।
    भारतले दिएको १ सय ५२ रनको लक्ष्य पाकिस्तानले १७.५ ओभरमा विकेट नगुमाई भेट्टायो। उसका लागि कप्तान बाबर आजम र मोहम्मद रिजवानले उत्कृष्ट ब्याटिङ गरे।

    रिजवानले ५५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा नटआउट ७९ रन बनाउँदा बाबरले ५२ बलमा ६ चौका र २ छक्कासहित अविजित ६८ रनको योगदान दिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५१ रन बनाएको थियो।

    उसका लागि कप्तान विराट कोहलीले अर्धशतकीय पारी खेले। उनले ४९ बलमा ५ चौका र १ छक्कासहित ५७ रन बनाए । यस्तै, ऋषभ पन्तले ३९, रवीन्द्र जडेजाले १३, सूर्यकुमार यादव र हार्दिक पाण्ड्याले ११–११ तथा केएल राहुलले ३, भुवनेश्वर कुमाररनले अविजित ५ रन बनाउँदा रोहित शर्मा शून्य रनमा आउट भए ।

    पाकिस्तानका लागि शाहीन शाह अफ्रिदीले उत्कृष्ट बलिङ गरे। उनले ४ ओभरमा ३१ रन खर्चिएर महत्वपूर्ण ३ विकेट लिए। उनले रोहित, राहुल र विराटको विकेट लिएका हुन् ।

    यस्तै, हसन अलीले २ तथा हैरिस रौफ र शदाब खानले १–१ विकेट लिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images