images
images
  • प्रधानन्यायाधीश जबराले बोलाएको फूलकोर्ट बैठक: ‘सर्वोच्चका १४ न्यायाधीशले बहिस्कार, इजलास बहिस्कार होइन’

    काठमाडौं-प्रधानन्यायाधीश चेलेन्द्रशमशेर जबराले सोमबारका लागि बोलाएको नेपाल बार एसोसिएसनसहितको बोलाएको सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) मा अरु न्यायाधीशहरु अनुपस्थित हुने भएका छन् ।आइतबार अपरान्ह बसेको सर्वोच्च अदालतका न्यायाधीशहरुको बैठकले सोमबार बोलाइने फुलकोर्ट बैठकमा सहभागी नहुने सहमति गरेको हो ।

    १४ जना न्यायाधीशहरूको आइतबार अपरान्ह बसेको बैठकले प्रधानन्यायाधीशले बोलाएको बैठकमा सहभागी नहुने निर्णय गरेको हो ।जबराले आइबार नेपाल बार एसोसिएसनका पदाधिकारीहरूसँगको बैठकमा सोमबार फूलकोर्टको बैठक बोलाउने र त्यहाँ छलफल गर्ने भनेका थिए ।

    ‘हरिकृष्ण कार्कीको प्रतिवेदन र वरिष्ठ अधिवक्ता उपाधी दिने भनी हामीहरुलाई एजेण्डा पठाइएको थियो, त्यसमा हाम्रो सहमति छैन’ एक न्यायाधीशले अनलाइनखबरसँग भने, ‘सोमबारको बैठकमा हामी उपस्थित हुन सक्ने भएनौं ।’ उनका अनुसार असन्तुष्ट न्यायाधीशबीच सोमबार विहानैदेखि छलफलमा जुट्ने सहमति भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले आइतबार बारका पदाधिकारीहरुसँगको छलफलमा सोमबारका लागि आफूले सर्वोच्च अदालतका सबै न्यायाधीश सम्मिलित पूर्ण बैठक डाक्ने र त्यसमा बारका पदाधिकारीहरु पनि बोलाउने प्रतिवद्धता जनाएका थिए ।

    supreme court of nepal1542214610 1

    ‘इजलास बहिस्कार होइन’

    न्यायाधीशहरुले आफूहरुले इजलास भने बहिस्कार नगर्ने बताएका छन् । उनीहरुले सोमबारका लागि डाकिएको पूर्ण बैठकमा सहभागी नहुने निर्णयमात्रै गरिएको बताए ।

    ‘हामी १४ जना न्यायाधीशहरु आज खाजा समयपछि छलफलमा व्यस्त भयौं । अहिलेको नेतृत्वबाट न्यायपालिकाको सुधार हुदैन भन्ने हाम्रो निष्कर्ष हो’ एक न्यायाधीशले अनलाइनखबरसँग भने, ‘विषयान्तर गर्न खोजिएको, मूल एजेण्डाबाट विमुख भएको निश्कर्ष निकालेर हामी बैठकमा सामेल नहुने भनेका हौं ।’

    ती न्यायाधीशका अनुसार सोमबार विहानैदेखि असन्तुष्ट न्यायाधीशहरु छुट्टै छलफलमा सहभागी हुनेछन् । आफूहरुको एजेण्डा निकै लामो भएकाले कम्तीमा २र३ घण्टा छलफल लम्बिने उनले बताए । ‘फर्स्ट आवर ९खाजाअघिको पहिलो सत्र० मा त इजलास बस्न कठिन होला’ उनले भने, ‘त्यही अनुमान गरेर कतिपयले इजलास बहिस्कार भनेका होलान् । तर हामीले त्यसबारे न सोच बनाएका छौं, न सहमति नै बनेको छ ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images