images
images
  • फेरि प्रधानमन्त्री बन्न ओलीलाई बुबा मोहन ओलीको आशिर्वाद (तस्विरसहित)

    झापा-एमाले अध्यक्ष केपी ओलीलाई फेरि प्रधानमन्त्री बन्न उनका बुबा मोहन ओलीले आशिर्वाद दिएका छन् ।

    आइतबार तीन दिने भ्रमणका लागि गृहजिल्ला झापा आइपुगेका ओलीलाई बुबा मोहनले प्रधानमन्त्री बन्न आशिर्वाद दिएका हुन् । घर आइपुगेका छोरा केपी ओलीलाई आशिर्वाद दिँदै बुबा मोहनले भने, ‘ केपी ओली फेरि प्रधानमन्त्री बन्ने योग छ । मेरो आशीर्वाद पनि छ । प्रधानमन्त्री भएपछि अब ५ वर्षलाई हुन्छ । फागुनपछि हुने योग छ । एकदम राम्रो योग छ । सफल होस् मेरो शुभकामना छ ।’

    काठमाडौं एक्लै घुम्न जान नपाइने भएकाले आफूलाई झापा नै मन पर्ने भन्दै मोहनले झापामा औषधि उपचारमा सहयोग गर्न पाइने बताए । ‘म काठमाडौ जान्नँ । उता घुम्न पाइन्नँ । घरभित्रै थुनिनुपर्छ । यहाँ घुम्न पाइन्छ । ओखती उपचारमा सहयोग गर्नुपर्छ । छोरासँग बेला बेला फोनमा कुरा हुन्छ । काठमाडौं बोलाउँछ । तर, मलाई यतै ठिक लाग्छ । यता एक्लै डुल्न पाइन्छ । उता निस्किन पनि पाइँदैन’, ९३ वर्षीय मोहनले भने ।

    कुमारी लिम्बूले मास्क खोल्न लगाइन्, विल्सनविक्रम राई भेट्नै पुगे

    झापाको भद्रपुर–१ स्थित पृथ्वीनगरमा ९३ वर्षीय बुबा मोहन ओलीलाई भेट्न पुगेका उनले सो क्रममा भाइ, भाइबुहारीसहित छिमेकीसँग पनि भेटघाट गरेका छन् । परिवारका सदस्यसँग कुराकानीपछि पुराना नेता, ज्येष्ठ नागरिक, गाउँलेसँग भेटघाट गरेका उनलाई छिमेकी कर्णबहादुर कार्कीले सञ्चो बिसञ्चो सोधे । ओलीले पनि उनकाबारे जिज्ञासा राखे ।

    छिमेकी मन्दिरा कोइरालाले ओली आउँदा भेट हने र आफूहरूको गुनासो सुन्ने गरेको बताइन् । अर्की छिमेकी कुमारी लिम्बूले ओलीलाई मास्क खोल्न लगाइन् । लिम्बूले मास्क खोल्न भनेपछि ओलीले खोलेका थिए । त्यसपछि उनीसँग ओलीले फोटो पनि खिचे । सोही क्रममा कलाकार विल्सन विक्रम राईले ओलीलाई भेट्न पृथ्वीनगर पुगेका थिए । उनले पनि ओलीसँग तस्बिर खिचे ।

    kpoli 3 kpoli 5 kpoli 8 kpoli 9 kpoli 1 kpoli 2

    प्रतिक्रिया दिनुहोस्
    images
    images