images
images
  • एमाले वडा अधिवेशन: लुम्बिनीकी १९ वर्षीया झरना चौधरी सचिवमा ! चौधरी भन्छिन्-‘अब पढाई र राजनीति सँगसँगै’

    रुपन्देही-नेकपा एमालेको वडा अधिवेशन शनिबार धेरैजसो ठाउँमा सम्पन्न भएको छ । रुपन्देहीका पनि अधिकांश पालिकामा सर्वसम्मत नेतृत्व तथा पादधिकारी चयन भएको छ । रुपन्देहीकै लुम्बिनी सांस्कृतिक नगरपालिकाका सबै वडामा पनि सर्वसम्मत नेतृत्व चयन भएको छ।

    लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ६ मा भने १९ वर्षकी झरना चौधरी वडासचिवमा सर्वसम्मत रुपमा चयन भएको पार्टीले प्रारम्भिक जानकारी गराएको छ । रुपन्देही निर्वाचन क्षेत्र नम्बर पाँचका धेरै ठाउँमा युवा अनुहार आएको राष्ट्रिय सभा सदस्य तथा नेकपा एमाले केन्द्रीय सदस्य खिमलाल भट्टराइले बताए ।

    लुम्बिनी विश्वविद्यालयमा स्नातक पढ्दै गरेकी उनले एमाले नेता खिमलाल भट्टराई, विद्यार्थी नेता बालकृष्ण पाण्डे, सन्दिप गुप्तालगायतका अग्रजबाट प्रेरणा पाएर राजनीतिमा लागेको बताइन् । राजनीतिबाटै समाजका धेरै समस्या समाधान गर्न सकिने र त्यो सपना एमालेबाट पूरा हुने ठानेर आफू राजनीतिमा लागेको उनको भनाइ छ ।

    ‘तराई क्षेत्रमा महिलालाई राजनीतिमा धेरै समस्या भएको सुनेकी छु, शुरुमा मलाई पनि धेरै समस्या भएको थियो । अहिले त परिवारको पूरै सहयोग छ,’ उनले भनिन् ।

    ६ जनाको परिवारमा रहेकी झरना अनेरास्ववियुको रुपन्देही जिल्ला सहसचिव बनेसकेकी छन् ।‘ हजुरबुवा’आमा, बुवा-आमा तथा दाई र म गरी ६ जना छौं,’ उनले भनिन्, ‘बुवा बुटवलमा मेकानिकल काम गर्नुहुन्छ, आमा गृहिणी हो, तर पनि मलाई पूरै साथ छ ।’ राजनीतिसँगै अध्ययनलाई अगाडि बढाउने झरनाको भनाइ छ ।

    सोही नगरपालिकाको वडा नं १ बाट २६ वर्षीय सुरज कलबार कम उमेरका वडा अध्यक्ष बनेका छन् । यसले तराईमा युवा शक्ति एमालेको साथमा रहेको पुष्टि भएको एमाले नेता तथा राष्ट्रियसभा सांसद भट्टराईले बताए ।

    लुम्बिनी सास्कृतिक नगरपालिका वडा नं १ का २६ वर्षीय सुरज कलवार वडा कमिटी अध्यक्ष भएका छन् । उनी सानै उमेरमा नेकपा एमाले लुम्बिनी सांस्कृतिक नगर वाड न १ को अध्यक्ष बनेका छन्। यस्तै लुम्बिनी सांस्कृतिक नगरपालिका वाड न ६ मा १९ वर्ष कि झरना चौधरी वडा सचिव बन्दा राजनीतिमा युवा पुस्ताको चासो बढेको देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images