images
images
  • आज एमालेको वडा अधिवेशनः ६ हजार सात सय ४३ वटै वडामा अधिवेशन, अध्यक्ष ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने

    काठमाडौं-नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज मुलुकभर वडास्तरका अधिवेशन हुँदैछन् । वडा अधिवेशनलाई पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने र इन्टरनेट पहुँच भएका वडाका कार्यक्रममा त्यसलाई ‘डिस्प्ले’ गरिने तय गरिएको छ ।

    एमाले केन्द्रीय कार्यालयले त्यसका लागि तयारी पूरा गरिसकेकामा हालैको बाढी पहिरोबाट प्रभावित जिल्लामा भने केही समयपछि अधिवेशन हुने जनाइएको छ । यस्तै यही कात्तिक ९ गते सबै पालिकास्तरमा अधिवेशन हुनेछ । विधान महाधिवेशन सम्पन्न भएको तीन सातापछि एमालेले शनिबार एकै दिन देशभरका ६ हजार सात सय ४३ वडाहरूमा अधिवेशन गर्दै छ । अध्यक्ष केपी ओलीले भर्चुअल माध्यमबाट वडा अधिवेशन उद्घाटन गरेर सम्बोधन गर्दै छन् । लगत्तै ९ कात्तिकमा देशभरका सात सय ५३ पालिकामा पालिकास्तरीय अधिवेशन आयोजना गर्दै छ । गत १५ देखि १७ असोजमा ललितपुरको गोदावरीमा एमालेले प्रथम विधान महाधिवेशन गरेको थियो ।

    बिहीबार बसेको स्थायी समिति बैठकले पार्टीको दशौँ महाधिवेशन आगामी १० देखि १२ मंसिरमा चितवनमा आयोजना गर्ने निर्णय गरेको छ । पार्टीको नीति, विचार र विधान पारित गर्ने विधान महाधिवेशन सम्पन्न भइसकेकाले एक महिनापछि हुने महाधिवेशन केवल नेतृत्व चयनमा केन्द्रित हुनेछ । त्यसैले शनिबार देशभर सम्पन्न हुने वडा अधिवेशनसँगै एमालेभित्र दशौँ महाधिवेशनको सरगर्मी तीव्र रूपले अगाडि बढ्नेछ । केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले भर्चुअल माध्यमबाट उद्घाटन हुने वडा अधिवेशनमा कम्तीमा दुई लाख कार्यकर्ता सहभागी हुने बताए । अधिवेशन भव्यतापूर्वक सम्पन्न गर्न तामाङले केन्द्रीय कार्यालयका तर्फबाट बिहीबारै आठबुँदे सर्कुलर पठाएका छन् ।

    संविधान जारी भएपछि नयाँ संरचनामा अधिवेशन हुन लागेकाले पालिका र वडा अधिवेशनलाई पहिलो अधिवेशन मान्न एमालेले निर्देशन दिएको छ । भव्यतापूर्वक जनसहभागितामा अधिवेशन सम्पन्न गर्न र झण्डा र ब्यानरलाई व्यापक रूपमा प्रयोग गर्न सर्कुलरमार्फत निर्देशन दिइएको छ । अधिवेशन सहजीकरणका लागि जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरूलाई जिम्मेवारी तोकिएको जनाइएको छ । कागठ

    प्रतिक्रिया दिनुहोस्
    images
    images