images
images
  • माधव नेपालले अब भाइरल म्यान पुण्य गौतमको सल्लाह अनुसार पार्टी चलाउँने !

    नेकपा एमाले विभाजन गरेर नेकपा एसको अध्यक्ष बनेका माधव कुमार नेपालले भाइरल म्यान पुण्य गौतमको सल्लाह अनुसार पार्टी चलाउँने भएका छन् । माधवकुमार नेपाल नेतृत्वको एस पार्टी ले पार्टीलाई सल्लाह दिन पुण्य गौतम सहितको १५४ सदस्यीय केन्द्रीय सल्लाहकार पषिद गठन गरेको छ । परिषदले पार्टी संचालनका लागी सल्लाह दिने छ ।

    सो परिषदमा भाइरलम्यान पुण्य गौतम समेत परेका छन् । परिषदमा लेखक तथा राजनीतिक विश्लेषक प्रा .कृष्ण पोखरेल, मनमोहन अधिकारीको पालाका नेताहरू केशरमणी पोखरेल, लोककृष्ण भट्टराईदेखि मोदनाथ प्रश्रित, वरिष्ठ पत्रकार गोपाल थपलिया, वरिष्ठ अधिवक्ता विश्वकान्त मैनाली समेत समेटिएका छन् ।

    २०४८ पछि कम्युनिष्ट राजनीतिबाट अलग्गिएका बद्रीप्रसाद खतिवडा, गजलकार बुँद रानालगायत रहेका छन् । पुण्य गौतमलाई माधव नेपालले पार्टी केद्रिय कमिटिमा पनि राखेका छन् ।

    युटुव अन्तवार्ताहरु बाट चर्चामा आएका पुण्य गौतम गतिलो गाँठ झर्ने कुरा सुने पछि पछिल्लो समय टिकटक लाइभ तिर मोडिएका छन् । दैनिक टिककट लाइभमा बसेर राम्रो रकम उनले कमाइरहेको चर्चा बाजरमा चलेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images