images
images
  • सांसदहरूको अन्तर्राष्ट्रिय सञ्जालको बोर्ड सदस्यमा गगन थापा निर्वाचित

    काठमाडौं । विभिन्न देशका सांसदहरूको अन्तर्राष्ट्रिय सञ्जालको बोर्ड सदस्यमा नेपालका सांसद गगनकुमार थापा निर्वाचित हुनुभएको छ । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोषसम्बन्धी अन्तर्राष्ट्रिय सञ्जालको बोर्ड सदस्यमा उनी सन् २०२१ देखि २०२३ का लागि निर्वाचित भएका हुन् । बोर्ड सदस्यका रूपमा उनले विश्वका १४० भन्दाबढी देशका सांसदसँगै समावेशी विकासका लागि काम गर्नेछन् ।

    उनले यस अवसरलाई आफूले सिक्ने, सम्बन्ध विस्तार गर्ने र सक्दो योगदान गर्ने मौकाका रूपमा उपयोग गर्ने बताएका छन् । उनले सांसदहरूको अन्तर्राष्ट्रिय सञ्जालको अग्रपङ्क्तिका लागि आफू निर्वाचित भएको खबरले उत्साहित बनाएको उल्लेख गरेका छन् । नेपाली कांग्रेसबाट उम्मेदवार भई काठमाडौंको क्षेत्र नम्बर ४ बाट उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद हुन् ।

    थापा प्रतिनिधिसभाका लागि तेस्रो पटक सांसद छन् । पहिलोपटक समानुपातिक प्रणालीमार्फत निर्वाचित भएका उनी बाँकी दुईपटक भने प्रत्यक्ष निर्वाचित भएका हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images