images
images
  • बाढीपहिरोको वितण्डाः मृत्यु हुनेको संख्या ४८ पुग्यो, ३० बेपत्ता, २६ जना घाइते

    काठमाडौं– गएको आइतबारदेखिको अविरल वर्षासँगै बाढी–पहिरोका कारण ४८ जनाले ज्यान गुमाएका छन् । नेपाल प्रहरीले दिएको जानकारीअनुसार ११ जिल्लाका विभिन्न ठाउँमा बाढी–पहिरोमा परी ४८ जनाको मृत्यु भएको हो ।

    प्रहरी प्रवक्ता वसन्त कुँवरले इलाममा ११, डोटीमा ९, हुम्लामा ६, पाँचथरमा ६, धनकुटामा ६, बैतडीमा ४, सुनसरीमा २, डडेलधुरामा १, प्युठानमा १, उदयपुरमा १ र कालिकोटमा १ जनाको मृत्यु भएको जानकारी दिए ।

    प्रवक्ता कुँवरका अनुसार देशभर २६ जना घाइते भएका छन् । ३० जना बेपत्ता छन् ।

    यो पनि पढ्नुहोस् : बाढीपहिरोको वितण्डाः ३१ जनाको मृत्यु, ४३ बेपत्ता

    प्रतिक्रिया दिनुहोस्
    images
    images