images
images
  • रूबी खानले तोडिन् अनसन

    काठमाडौं । १२ दिनदेखि अनसनमा रहेकी रूबी खानले अनसन तोडेकी छन् । मंगलबार बाँके घटनाबारे गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन भएपछि खानले माइतीघर मण्डलमा अनसन तोडेकी हुन्।

    बाँकेकी नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मी बेपत्ता घटनाबारे उक्त समितिले छानबिन गरी सत्यतथ्य पत्ता लगाउने जनाइएको छ । धोबीको मृत्यु र कुर्मी बेपत्ताबारे महिला अधिकारकर्मीहरूले न्याय माग गरिरहेका छन् । सरकार र रूबी खानबीच छानबिन समिति बनाउनेलगायत विषयमा त्रिवि शिक्षण अस्पतालमा सहमति भएको थियो । खान विगत १२ दिनदेखि अनसनरत थिइन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images