images
images
  • नुवाकोटमा बस दुर्घटना, २० जनाभन्दा बढी घाइते

    काठमाडौँ । नुवाकोटमा बस दुर्घटना हुँदा २० जनाभन्दा बढी यात्री घाइते भएका छन् । काउलेबाट काठमाडौंतर्फ जाँदै गरेको बा४ख ५७६२ नम्बरको बस किस्पाङ गाउँपालिका–५, माने गाउँमा दुर्घटना भएको हो ।

    बस अनियन्त्रित भई पहाडको भित्तामा ठोकिएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । दुर्घटना लगत्तै घाइतेहरुको उद्धार गरी त्रिशूली अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images