काठमाडौं-गैरआवासीय नेपाली संघ (एनआरएनए) को विभिन्न एनसिसीको प्रतिनिधि छनोट विवादले रोकिएको निर्वाचन ३० नोभेम्बरमा हुने भएको छ ।प्रतिनिधि छनोटमा बिवादपछि परराष्ट्र मन्त्रालयले निर्वाचनका कार्यक्रम रोकिएको एनरएनएको १०औँ महाधिवेशन तथा निर्वाचन ३० नोभेम्बरमा भएको छ।
तत्कालका लागि रोकिएको निर्वाचन कार्यक्रम प्रतिनिधि छनोट लगायतका समस्याहरु समाधान गरी नोभेम्बर ३० मा गर्ने निर्णय गरिएको एनआरएनएका उपाध्यक्ष डा. बद्री केसीले जानकारी दिए । उनका अनुसार भर्चुअल माध्यमबाट बसेको कार्यसमिति बैठकले वर्तमान कार्यसमितिको कार्यकाल ६ महिना थप गर्ने निर्णय गरेको छ ।
‘हामीले कार्यकाल थप्न पाउँने अधिकतम् सीमा भनेको ६ महिना भएकाले भोलि निर्वाचन परसारिहाल्नु पर्दा पुनः थप्नु नपरोस् भनेर यस्तो निर्णय गरेका हौं’ उपाध्यक्ष डा. केसीले भने, ‘तर निर्वाचन हामी ३० नोभेम्बरमा नै गछौं, जतिसक्दो चाडो निर्वाचन गर्नुपर्छ भन्ने हो ।’
एनआरएनएको १०औँ महाधिवेशन तथा निर्वाचन अक्टोबर २३ देखि २५ मा गर्ने निर्णय भएपनि परराष्ट्रमा उजूरी परेपछि मन्त्रालयले संस्थाको निर्वाचन सम्बन्धी सम्पूर्ण प्रक्रिया रोक्न पत्राचार गरेको थियो ।


विश्व खबर 



















