काठमाडौं-महिला नेतृ सुष्मा राई नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समिति सदस्य बनेकी छन् ।
सो पार्टीको असोज ५–७ मा केन्द्रीय कमिटीको प्रथम बैठक र असोज २१ गते स्थायी कमिटीको सातौं बैठकले नेताहरुको कार्यभार र जिम्मेवारी विभाजन गर्ने क्रममा राईलाई केन्द्रीय सदस्य बनाउँदै सुनसरी जिल्ला सहइञ्चार्जको जिम्मेवारी तोकेको छ ।
लामो समय बेलायत रहँदा पनि गैरआवासीय नेपालीबीच वाम राजनीति सम्प्रेषण गरेकी नेतृ राई केही वर्ष यतादेखि नेपालमा पनि सक्रिय छन् । शहिद रामप्रसाद राईकी नातिनी सुष्मा रामप्रसाद राई प्रतिष्ठानकी अध्यक्षसमेत हुन् । भुकम्प लगाएत विनाशकारी महाविपक्तिमा राहतमा उनले सहयोग गरेकी थिईन् । समाजसेवामा विगतदेखी नै सक्रिय भएर काम गर्दै आएकी छिन् ।
नेकपा एमालेका अध्यक्ष तथा तत्कालिन प्रधानमन्त्री केपी ओलिले गरेका प्रतिगमनको विरोधि आन्दोलनमासमेत क्रियाशिल रुपमा लागेकी राईले समाजवादी पार्टी निर्माण अभियानमा सहयोग पु¥याउँदै आएकी छन् ।


विश्व खबर 



















