images
images
  • राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अलमुताइरीले भने-‘मेरो अन्तिम साससम्म पनि नेपाल र नेपालीलाई माया गरिरहनेछु’

    काठमाडौं-नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाललाई सधै माया गरिरहेने बताएका छन्। साफ च्याम्पियनसिप २०२१ को फाइनलपछि आफूलाई भविष्यबारे निर्णय लिन केहि समय चाहिने बताए।

    अलमुताइरीले नेपालबाट पाएको साथ छोड्न सहज नभएको प्रतिक्रिया दिए। ‘मैले नेपालबाट धेरै माया पाएको छु। म मेरो टिमका खेलाडी, सबै अफिसियल सहकर्मी, समर्थक, मेरो परिवार सबैलाई धेरै माया गर्छु। मेरो अन्तिम साससम्म पनि म नेपाललाई माया गरिरहनेछु। मलाई नेपाली समर्थकले सधैं माया गर्नुभएको छ।’ अलमुताइरीले आफूलाई मन नपराउनेहरु पनि रहको बताए । उनले भने-‘नेपालमा मलाई मन नपराउने पनि छन्, तर सबै नराम्रो भने होइन। मुख्य कुरा मैले नेपाली समर्थकबाट पाएको माया हो। यसलाई छोड्न सहज छैन।’

    अलमुताइरीले भविष्यबारे निर्णय लिन केहि समय चाहिने बताए।‘अहिले नै केही भन्न सक्ने अवस्था छैन। अब मलाई विश्रामको खाँचो छ। म पछिल्लो ६ महिना लगातार काम गर्दै आएको छु। मलाई एक दुई साता विश्राम लिएर मात्र नेपालसँग भविष्यबारे सोच्नेछु,’ उनले भने।

    पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल पुगेको नेपाल शनिबार भारतविरुद्ध ३-० को हार बेहोर्दै उप-विजेता बनेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images