images
images
  • सेनाको गौरव बढाउन सरकार कहिल्यै पछि पर्दैन: रक्षामन्त्री रिजाल

    काठमाडौं-रक्षामन्त्री डा.मीनेन्द्रप्रसाद रिजालले राष्ट्रिय सुरक्षा नीति राष्ट्रको हितमा रहने बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री रिजालले सुरक्षा नीति सामूहिक सहमतिको विषय भएको बताए ।

    राष्ट्रिय सुरक्षा मस्यौदा समितिमा विगतमा आफुले पनि काम गरिसकेको अनुभव सुनाउँदै उनले सुरक्षा नीतिलाई सामूहिक सहमतिका आधारमा अघि बढाउने बताए । मन्त्री रिजालले राष्ट्रिय विपत्तिमा अग्रभागमा रहेर उच्चकोटीको काम गरेको भन्दै नेपाली सेनाको प्रशंसा गरे।

    नेपाली सेनाको सम्मान र मर्यादा विश्वसामु उच्च रहेको बताउँदै उनले भने, ‘नेपाली सेनाको कामबाट विश्वसमुदाय सन्तुष्ट रहेको छ, सेनाको गौरव बढाउन सरकार कहिल्यै पनि पछि पर्दैन ।’ मन्त्री रिजालले सरकार भर्खर विस्तार भएको बताउँदै यसले आफ्नो काममा छिट्टै गति लिने विश्वास व्यक्त गरे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images