अपहरणमा परेका १३ वर्षीय बालकको १० घण्टामा सकुशल उद्धार गर्न सुनसरी प्रहरी सफल भएको छ । बिहीबार दिउँसो करिब ३ बजे सुनसरीको कोसी गाउँपालिका-७ नेपाल भारत सीमा नजिकैबाट १३ वर्षीय बालक दिपेन सदा अपहरणमा परेका थिए ।
अपहरणमा परेका बालकलाई भारतको सुपौल जिल्ला बलबदैपुर-६ बैरयाकमालबाट भारतीय प्रहरीसमेतको सहयोगमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले बिहीबार राति १ः५० बजेको समयमा उद्धार गरी नेपाल ल्याएको हो ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















