images
images
  • लक्की हमाल दाजुभाई : जाे एकै दिन मन्त्री बने !

    काठमाडौं- गजेन्द्र हमाल र सुरेन्द्र हमाल मन्त्री बनेका छन् । उनीहरु शुक्रबार एकै दिन मन्त्री बनेका छन् । गजेन्द्र र सुरेन्द्र दाजुभाइ हुन् । सुरेन्द्र हमाल लुम्बिनी प्रदेशको वन, वातावरण तथा भूसंरक्षण मन्त्री बनेका छन् ।

    उनी बाँके जिल्लाको निर्वाचन क्षेत्र २ (ख) बाट निर्वाचित सांसद हुन् । तर, गजेन्द्र भने सांसद छैनन् । तर, उनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बनाएका छन् । सुरेन्द्र हमाल नेपाली कांग्रेसको प्रमुख सचेतक समेत भएका छन् भने गजेन्द्र पछिल्लो समय राजनीतिमा सक्रिय छैनन् ।

    हमाल दाजुभाइ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको आफन्त हुन् । प्रधानन्यायाधीश राणाको कोटाबाट बाँकेका पुराना नेपाली कांग्रेसका नेताको रुपमा स्थापित गजेन्द्र हमाल मन्त्रिपरिषदमा अटाएका छन् । हमाल र प्रधानन्यायाधीश राणाबीचको ज्वाई–जेठानको साइनो पर्छ ।

    केही दिन पहिले राणाले दुई जना मन्त्रीको कोटा मागेको समाचारहरु सार्वजनिक भएको थियो । राणाले दिपक तिमल्सिना र हमाललाई मन्त्री बनाउन खोजेको सार्वजनिक भएको थियो । समाचार सार्वजनिक भएपछि तिमल्सिनापछि हटेका थिए भने हमाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री भएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images