images
images
  • नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदीले घरबाट हाम फाले

    काठमाडौं-नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदीले घरबाट हाम फालेर आत्महत्या गरेका छन्।

    काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी रमेशकुमार बस्नेतका अनुसार बिहीबार बिहान ७ बजेर १० मिनेटमा उनले काठमाडौं महानगरपालिका ४ स्थित गौतम अग्रवालको निर्माणाधीन घरबाट हाम फालेका हुन्। त्यस क्रममा घटनास्थलमै उनकाे मृत्यु भएको एसपी बस्नेतले बताए।

    पोस्टमार्टमका लागि उनको शव त्रिवि शिक्षण अस्पताल लगिएको छ।उनी मानसिक तनाव (डिप्रेसन) मा रहेको परिवारलाई उद्धृत गर्दै प्रहरीले जानकारी दिएको छ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images