images
images
  • ट्रकले ठक्कर दिँदा स्कुटर चालकसहित दुई जनाको मृत्यु

    काठमाडौं । सुनसरीको इटहरीमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत इटहरी(१७ लायन्स चौकमा बुधबार राति ट्रकले स्कुटरलाई ठक्कर दिएको हो ।

    ना६ख५६८१ नम्बरको ट्रकले पूर्वबाट पश्चिम जाँदै गरेको को२०प६७४७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा नाम ठेगाना खुल्न नसकेका दुई जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । यद्यपि उनीहरु स्कुटर चालक र सवार व्यक्ति हुन् ।

    ठक्करबाट गम्भीर घाइते भएका दुबैलाई उपचारका लागि कोसी अस्पताल विराटनगर लाँदै गर्दा बाटोमै मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । शव अस्पतालको शवगृहमा राखिएको छ ।

    ठक्कर दिने ट्रक र चालक मकवानपुरको हेटौँडा ९ का ३१ वर्षीय अर्जुन गिरीलाई इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको छ । – फाइल तस्बिर 

    प्रतिक्रिया दिनुहोस्
    images
    images